image
image

सेयर बजार ५६ अंकले घट्यो

काठमाडौँ, १८, असोज । केही समययता ओरालो लागेको सेयर बजार साताको पहिलो दिन आइतबार उच्च अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५५.९३ अंकले घटेर २५७७.४९ अंकमा अडिएको छ ।

सेयर धितो कर्जालाई नियन्त्रण गर्ने मौद्रिक नीतिको व्यवस्थासँगै ओरालो लाग्न थालेको बजार पछिल्लो समयमा बैंकिङ क्षेत्रको तरलता अभावले समेत प्रभावित हुँदै आएको छ । गत साता पनि नेप्से सूचक १८६ अंकले घटेको थियो ।

आइतबार नेप्सेसँगै सबै समूहगत परिसूचकहरु पनि ओरालो लागेका छन् । बैंकिङ २९.२६, व्यापार ५६.६३, होटल तथा टुरिजम १०२.८२, विकास बैंक १३८.४१, जलविद्युत् १११.६१, फाइनान्स ९७.१२ अंकले घटेको छ ।

यसैगरी निर्जीवन बिमा १८८.५, उत्पादन समूह १०७.४५, अन्य ३३.९२, लघुवित्त ६९.३९, जीवन बिमा २७२.१४ म्युचुअल फण्ड ०.१७ र लगानी समूह ३.३३ अंकले घटेका छन् ।

सेयर बजारको गिरावटसँगै कारोबार सेयर संख्या र कारोबार रकम पनि घटिरहेको छ । आइतबार २३२ कम्पनीका ८९ लाख ४८ हजार बराबरको सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।