image
image

अस्कर अवार्डका लागि आवेदन खुल्ला 

काठमाडौँ  १८ असोज । अन्तराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले ९४औँ अस्कर अवार्डका लागि आवेदन खुल्ला गरिएको छ । समितिले  नेपाली फिल्म सहभागी गराउन निर्माता,निर्देशकलाई आह्वान गरेको छ ।चलचित्र विकास बोर्ड अन्तर्गतको समितिले सोमबार एक विबिज्ञप्ती जारी गरी सन् २०२२ को अस्कर अवार्डसमा सहभागी हुन आवेदन खुला गरेको हो ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले २२ मार्च २०२२ मा अमेरिकाको लस् एन्जेल्सस्थित डल्बी थिएटरमा द अस्कर अवार्डस् आयोजना गर्दैछ । प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मका निर्माता,निर्देशकले आफ्नो फिल्म १९ असोजदेखि २ कात्तिकभित्र अस्कर कमिटी नेपाललाई बुझाउनु पर्नेछ ।

अघिल्ला वर्षमा अस्करमा भाग लिन कुनै पनि फिल्म एक सातासम्म सिनेमा घरमा प्रदर्शन भएकै हुनुपर्ने नियम थियो । तर यसपाली पनि फिल्म प्रदर्शनको मिति तोकेर महामारीका कारण हलमा प्रदर्शन हुन नसकेका फिल्मले पनि अस्करमा प्रतिस्पर्धा गर्न पाउने छन् ।





  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।