image
image

नेपाल इन्भेष्टमेन्ट बैंकको १६५ लाभांश प्रस्ताव

काठमाडौँ, १८, असोज । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २ प्रतिशतले घटेको छ ।

अघिल्लो आव २०७७र७७ मा चुक्ता पूँजीको १३ प्रतिशत बोनस र ५.५० प्रतिशत नगद गरी १८.५० प्रतिशत लाभांश वितरण गरेको बैंकले गत आव २०७७र७८ बाट शेयरधनीलाई चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस र ४.७६ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

बैंकको असोज १७ गते आइतबार बसेको सञ्चालक समितिको ५५४ औं बैठकले चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस (१ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ) र कर प्रयोजनका लागि ४.७६ प्रतिशत नगद ( ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ) गरि कुल १६ प्रतिशत अर्थात २ अर्ब ६० करोड ११ लाख ७२ हजार ७२० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।