image
image

शेयर बजारमा झिनो अंकको गिरावट, पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाडौँ १८ असोज  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रोे दिन आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ६.६८ अंकले घटेर दुई हजार पाँच सय ७० दशमलब ८१ विन्दुमा थामिएको छ । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको छ । आइतबार ४ अर्ब ११ करोड ३८ लाख बराबरको कारोबार भएको थियो ।  

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा आशा लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मिथिला लघुवित्त वित्तिय संस्था र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् । आज यी कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।    

नेप्सेका अनुसार आज मनकामना लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ ।  त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज १२ करोड भन्दा बढीको कारोबार भएको छ ।       
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।