image
image

एक करोडको लागतमा सडक मर्मतको काम सुरु

काठमाडौँ, १८, असोज । आउँदै गरेको दसैँलगायत चाडपर्वमा यात्रुलार्य आवतजावतमा सहजता पुर्याउने उद्देश्यले तीन जिल्लाका राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भारको काम सुरु गरिएको छ । मकवानपुर, बारा र पर्सामा सडक मर्मतसम्भारको काम सुरु गरिउको सडक डिभिजन कार्यालय हेटौँडाका ार्यालय प्रमुद खड्गलाल श्रैष्ठले जानकारी दिए ।

बाराको धनसारदेखि पथलैयासम्म, मकवानपुरको हेटौँडा हुँदै लोथरसम्म र हेटौँडाको भैँसे हुँदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकका खल्डाखुल्डी मर्मतसम्भारको काम अघि बढाइएको हो । सडक डिभिजन कार्यालय हेटौडाको कार्य क्षेत्र मकवानपुर, बारार र पर्सा पर्दछ । सङ्घय सरकारको करिब एक करोगको लागतमा सडक मर्मतको काम सुरु गरिएको सो कार्यालयले जनाएको छ । 

आगामी १० दिनभित्र सडक मर्मतको काम सकिने योजना रहेको कार्यालयको इञ्जीनीयर लामेश उपाध्यायले जानकारी दिए । साथै कार्यालयले खअन्य सडक र पुल निमार्ण तथा मर्मतको कामसमेत जारी रखेको जनाएको छ । यसैबीच बारा र पर्सा गरी दुई जिल्लामा गत आव ०७७/०७८ मा आठ पक्की पुल निर्माण सम्पन्न भएका छन् । त्यसमध्ये बारामा चार र पर्सामा चार पुल निमार्ण भएका हुन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।