अब एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, यस्तो छ प्राधिकरणको तयारी
काठमाडौं ६ फागुन ।अब एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताको लागि सेवा प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘नम्बर पोर्टेबिलिटी’ सम्बन्धी व्यवस्था लागू गर्ने तयारी गरिरहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यो सेवा सुरु भएसँगै प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको सिमकार्डमै आफूले चाहेको नेटवर्कमा स्वीच गर्न सक्नेछन् । यसको अर्थ अहिले नेपाल टेलिकम वा एनसेलको सिमकार्ड प्रयोग गरिरहेका ग्राहकले आफूले प्रयोग गरिरहेकै नम्बरमा कम्पनी परिवर्तन गरी सेवा लिन सक्नेछन् ।
यो सेवा लागू भएपछि एनसेलको सेवा लिनेले टेलिकम र टेलिकमको सेवा लिनेले एनसेलको वा अन्य कुनै सेवा प्रदायकको सेवा एउटै नम्बरबाट लिन पाउनेछन् ।यो वर्षको बजेटमा प्राधिकरणले नम्बर पोर्टेबिलिटीको अध्ययनका लागि मात्रै भनेर पाँच लाख छुट्याएको छ । त्यसैका आधारमा अध्ययन गरी कार्यविधि तयार गरेको हो । अब उक्त कार्यविधिका आधारमा अर्को आर्थिक वर्षको बजेटमा कार्यान्वयनका लागि अघि बढाइने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता बताउँछन् ।