image
image
न्यादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

न्यादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ, १९, असोज । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन ।  कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज मंगलबार सकिदैछ । यद्यपि, आईपीओ निष्काशन बन्द हुने अघिल्लो दिनसम्ममा नै माग गरेभन्दा तीब्र संख्यामा आवेदन परिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता आईपीओ मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि कम्पनीले छुट्याइएको छ भने, बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका छुट्याएको छ । 


इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन प्लेटफर्म मेरो सेयर सहित सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ । कम्पनीको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।