image
image

राष्ट्रिय वाणिज्य बैंकको थप ७ शाखा सञ्चालनमा 

काठमाडौँ १९ असोज ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ७ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न यस बैंकले काठमाडौं उपत्यकाका लगायतका विभिन्न स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 
 
बैंकले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डभित्र रहेर ७ नयाँ शाखाको उद्घाटन गरेको हो । बैंकले काठमाडौंको चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित  शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक र चितवनको बरुवाबजारस्थित शाखा कार्यालय माडी सञ्चालनमा ल्याएको हो ।  

यस्तै सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारा र लुम्बिनी प्रदेशमा प्युठानको मल्लरानीस्थित शाखा कार्यालय प्युठान सञ्चालनमा ल्याएको छ । 
 
बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ । यससँगै बैंकको शाखाँ संख्या २५४, ९८ शाखा रहित बैंकिङ्ग सेवा र  २ सय १६ वटा एटीएम रहेको छ। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।