आगलागी हुँदा भेडाका पाठा जलेर नष्ट
काठमाडौँ १९ असोज । जुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलाागी हुँदा भेडाका पाठा जलेर नष्ट भएका छन् । उक्त आगलागीमा २५ भेडाका पाठा सहित लत्ताकपडा र भाँडकुँडा जलेर नष्ट भएको छ ।
चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गरे ।
चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गरे ।