चीनसँग सीमा समस्या हल गर्न कूटनीतिक पहल शुरु
काठमाडौँ १९ असोज । नेपाल सरकारले चीनसँगको सीमा समस्या हल गर्न कुटनीतिक पहलका लागि प्रक्रिया अगाडी बढाएको छ । हुम्लास्थित चीनसँगको सीमा क्षेत्रमा केही भू भाग अतिक्रमण भएको निष्कर्षसहित चीनसँग छलफल गर्न प्रतिवेदनसहित परराष्ट्र मन्त्रालयलाई पत्राचार समेत गरिएको छ ।
२५ भदौमा जुम्ला गएको टोलीले एक साता स्थलगत अध्ययन गरी चीनसँग सीमा जोडिएको केही क्षेत्रमा अतिक्रमण भेटेको थियो । उक्त अध्ययन प्रतिवेदनका अधारमा गृहले परराष्ट्रलाई केही समस्याहरु रहेको उल्लेख गर्दै पत्राचार गरेको छ । अब औपचारिक रुपमा छलफलका लागि प्रक्रिया बढाइने तयारी भएको बताईएको छ ।