image
image

न्यादी हाइड्रोपावरको आईपीओमा माग गरेभन्दा १३ गुणा बढीले दिए आवेदन

काठमाडौँ  १९ असोज । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने समय सीमा समाप्त भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज मंगलबार साँझ ५ बजे सकिएको हो । 

विक्री प्रबन्धक ग्लोबल आइएमईले दिएको सूचना अनुसार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओ खरिदका लागि २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन लिएका छन् । 


यद्यपि, कम्पनीले भने जम्मा २२ लाख ५० हजार कित्ताका लागि २२ करोड ५० लाख रुपैयाँ मात्र माग गरेको थियो । यो भनेको कम्पनीको आईपीओमा माग गरेभन्दा १३ गुणाभन्दा बढीले आवेदन परेको हो । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।