image
image

सहुलियत पसलबाट साढे ३८ लाखको चामल बिक्री

काठमाडौँ, २०, असोज । सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब साढे ३८ लाख बराबरको चामल बिक्री वितरण गरेको छ ।

यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट रु ३८ लाख ५९ हजार बढीको चामल बिक्री भएको हो । जम्मा ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट १८ सोमबारसम्म ५३० क्विन्टल चालम बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार यो वर्ष कम्पनीले सहुलियत पसलमा ८ थरिका चामल बिक्रीका लागि राखेको छ । जसमध्ये स्टिम जिरा मसिनो चामलको बिक्री सबैभन्दा बढी छ । कम्पनीले काठमाडौँ उपत्यकामा रहेका चारवटा बिक्री कक्षसँगै अनलाइनमार्फत समेत खाद्यान्नको बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै तीन सय ४१ किलो कर्णालीको सिमी, २७२ किलो क्वाँटी, १९९ किलो मुग खोस्टा दाल, दुई हजार ६९५ किलो रहर दाल, तीन हजार ३५७ किलो मुसुरो दाल र तीन हजार ६५२ किलो मासको दाल बिक्री भएको न्यौपानेले जानकारी दिइन् ।

यस्तैगरी, एक हजार २७५ किलो तीते फापर, सात ५२ किलो आयो नून, ५४२ किलो गहुँ, एक हजार २०० किलो चिनी र एक हजार ३७८ किलो आँटा बिक्री गरेको कम्पनीले जनाएको छ ।

दुई हजार ८४७ लिटर सूर्यमुखी तेल, एक हजार २४९ लिटर तोरीको तेल, चार हजार १८६ लिटर भटमास तेल र आठ हजार २९२ लिटर डिडिसीको घ्यू बिक्री भएको कम्पनीले छ । कम्पनीले दसैँका लागि प्रति किलो खसी तथा बोकामा रु दश छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रु पाँच तथा भटमासको तेल र सिमीमा रु १० छुट दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।