image
image

नेपालमा  सवारीसाधनमा जिपिएस ट्रयाकिङ सिस्टम जडानको तयारी

काठमाडौं  ६  फागुन । नेपालमा पनि सवारीसाधनमा जिपिएस ट्रयाकिङ सिस्टम जडानको तयारी भेको छ । यातायात व्यवस्था विभागले  सार्वजनिक यातायातलाई व्यवस्थित एवम सुरक्षित गर्ने उद्देश्यका साथ मुलुकमा चल्ने सबै सार्वजनिक सवारीसाधनमा जिपिएस ट्रयाकिङ सिस्टम जडान गर्ने तयारी गरेको हो ।


विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार  जिपिएस जडानपछि ट्राफिक प्रहरीलाई सवारी साधन ट्रयाकिङ गर्न, गतिको जानकारी लिन र सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने बताए । त्यस्तै विभागले पहिलो चरणमा काठमाडौं–पोखरा रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा जिपिएस ट्रयाकिङ सिस्टम जडान गर्ने तयारी गरेको छ । पर्यटन गन्तव्यको पहिलो प्राथमिकतामा रहेको पोखराका सवारी साधनमा सुरक्षालाई ध्यानमा राख्दै जिपिएस जडान गर्न लागिएको बताए ।

विश्व बैंकको सहयोगमा शुरु गरिएको ट्रयाकिङमार्फत ठाउँ, व्यक्ति र विभिन्न गतिविधिको निगरानी गर्न सकिन्छ र केही हद्सम्म सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग पुग्ने विभागको दाबी छ ।  हाल काठमाडौं–पोखरा रुटमा करिब १२ सय सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेको विभागले बताएको छ । जिपिएस जडानपछि कुन गाडी कहाँ कति समय रोकियो, कुन रुटतर्फ जाँदै छ भनेर घरमै बसेर निरीक्षण गर्न सकिनेछ ।  
  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।