image
image

६८ अंक बढ्यो सेयर बजार

काठमाडौँ, २१, असोज । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ६८ अंकले बढेको छ । अघिल्लो दिन करिब ४२ अंकले बढेको नेप्से बुधबारको वृद्धिसँगै २ हजार ६ सय ८१ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो २.६ प्रतिशतले बढेको हो । बुधबार कारोबार रकममा पनि सुधार आएको छ ।

कुल ४ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार २ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको थियो । सेयर बजारको आकार कुल बजार पुँजीकरण ३७ खर्ब ५३ अर्ब कायम भएको छ । अघिल्लो दिन कुल बजार पुँजीकरण ३६ खर्ब ५७ अर्ब रुपैयाँ थियो ।

कारोबारमा आएकामध्ये सबै उपसमूह बढेपछि नेप्सेमा उच्च अंकको वृद्धि सम्भव भएको हो । बैंकिङ उपसमूहको परिसूचक २३, व्यापारको ६३, होटल तथा पर्यटनको २८, विकास बैंकको २ सय २४, जलविद्युत्को ९२, फाइनान्सको १ सय ४३ र निर्जीवन बिमाको ४ सय ६ अंकले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ सय ४३, अन्यको ३१, लघुवित्तको २ सय ९६, जीवन बीमाको २ सय ५७ र लगानी उपसमूहको २ अंकले बढेको नेप्सेको तथ्यांक छ । १ सय ८० कम्पनीको मूल्य बढे भने ५ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।