image
image

दसैँ लागेसँगै गहना पसलहरूमा भीड–भाड 

काठमाडौँ, २१, असोज । दसैँ लागेसँगै सुनचाँदी व्यवसायको केन्द्र मानिने काठमाडौंको न्युरोडस्थित गहना पसलहरूमा भीड लागेको छ । विशेषगरी तीज पर्वका बेला सुनचाँदी खरिद गर्न चाहने महिलाले यसपटक दसैँमा पनि गहना बजारलाई चलायमान बनाएका छन् ।

कोरोना संक्रमण हट्दै जाँदा मानिसहरू केही महिनायता काममा फर्कन थालेका छन् । यसो हुँदा आम्दानी बढेको छ । साथै, सरकारीदेखि निजी क्षेत्रमा कार्यरत कर्मचारीहरूले दशैँमा दोब्बरसम्म रकम प्राप्त गर्छन् ।

प्रवासी श्रमिकहरूले दसैँकै बेला बढी रेमिट्यान्स पठाउँछन् । व्यापार–व्यवसायमा लागेकाहरूले पनि चाडपर्वकै छेकोमा रकम संकलनलाई प्राथमिकता दिन्छन् ।

यसरी संकलन हुने रकम दसैँ किनमेलमा निकै खर्च हुन्छ । यसैको प्रभाव सुनचाँदी खरिदबिक्रीमा देखिएको हो । गहना बिक्रेताहरूका अनुसार अहिले बजारमा तीजलाई नै बिर्साउनेगरी ग्राहकको भीड लागिरहेको छ ।

सुनको भाउ ४०० रुपैयाँले घट्दा बुधबार बजारमा ग्राहकहरू झनै झुम्मिएका थिए । बिहीबार नेपाल सुनचाँँदी व्यवसायी महासंघले बजारमा छापावाल सुनको भाउ ८९ हजार ९०० रुपैयाँ तोकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।