image
image

एक सेटकै ७५ हजार रुपैयाँसम्म पर्ने देवी–देवताका मूर्ति 

काठमाडौँ, २१, असोज । अहिले दसैंको तम्तयारी चलिरहेको बेला कुपन्डोल युएनपार्क नजिकैका मूर्तिकार भने मूर्ति बनाएर बेच्न व्यस्त छन्। विभिन्न देवीदेवता र विशेषगरी दुर्गा माताको मूर्ति तयार गरिसकेका उनीहरू अहिले ग्राहकलाई बुझाइरहेका छन्।

युएन पार्क पार गरेपछि बागमतीको पुल नपुग्दै सकडबाटै उनीहरूको कारखाना देखिन्छ। प्लास्टिकको टहरामूनि उनीहरूले महिना दिनअघिदेखि दसैंको लागि मूर्ति बनाउने तयारी थालेका थिए।

९ दिनसम्म हुने नवरथाका लागि यी मूर्ति बनाइएका हुन्। दुर्गाको सेटमा गणेश, कार्तिक, लक्ष्मी, सरस्वती, सिंहलगायत आकृति हुन्छन्। एक सेट बनाउन १०—१२ दिन लाग्ने मूर्तिकार अरुण पण्डितले बताए। पहिले १०–१५ सेट यी मूर्ति बिक्री हुने भए पनि यसपालि कम भएको उनले जानकारी दिए।

‘यो पटक लकडाउनका कारण आठ सेटमात्र बिक्री भयो,’ उनले भने।

यी मूर्ति ७५ हजार रुपैयाँसम्ममा बिक्री हुने उनले बताए। मूर्तिमा माटो, बाँस, काठ, किला, औजार, कपडा, रंग लगायत सामाग्री प्रयोग भएका छन्। नवरथा सकिएपछि यी मूर्ति खोलामा बिसर्जन गरिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।