पाँच सयले बढ्यो सुनको मूल्य
काठमाडौँ, २१, असोज । बिहीबार सुनको मूल्य तोलाको पाँच सयले बढेर ९० हजार चार सयमा कायम भएको छ। अघिल्लो दिन सुन मूल्य ८९ हजार ९ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको ११ सय ७० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।