प्रतिकिलो १५ रूपैयाँले बढ्यो कुखुराको मासु
काठमाडौँ, २१, असोज । बिहीबार (आज) देखि कुखुराको मासु प्रतिकिलो १५ रूपैयाँले बढेको छ। आपूर्ति कम भएकाले मूल्य बढाइएको भ्याली कोल्ड स्टोरका सञ्चालक हरि कृष्ण रावलले जानकारी दिए।
उनका अनुसार आजदेखि कायम हुने गरी ज्युँदो कुखुरामा प्रतिकिलो १० रूपैयाँ र तयारी मासुमा १५ रूपैयाँ बढाइएको हो। बुधबारसम्म ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय १० रूपैयाँ र तयारी मासु प्रतिकिलो दुई सय ९१ रूपैयाँ थियो।
आजबाट उपभोक्ताले तयारी मासु प्रतिकिलो ३ सय ६ रूपैयाँ तिर्नुपर्ने भएको छ। दशैं–तिहारमा कुखुरा मासुको खपत कम हुने भएकाले प्राय किसानले खोरमा चल्ला कम हाल्ने गर्दछन्। त्यसैले गर्दा कुखुरा उत्पादन कम हुने भएकाले किसानलाई राहत दिन थोरै मूल्य बढाइएको उनले बताए।