दशैँ : महँगी बढ्यो, रौनक बढेन
काठमाडौँ २१ असोज । दशैं शुरु भइसक्दा पनि बजारमा सामान किनमेल गर्नेको चहलपहल बढ्न सकेको छैन तर सामानको मूल्य भने बढ्न थालेको छ । कोरोना भाइरस सङ्क्रमणको त्रास र आम उपभोक्तासँग आम्दानी कम भएकाले अत्यावश्यक सामानबाहेक अन्य सामान खरिद गर्नेको सङ्ख्या कम भएपछि व्यापार बढ्न नसकेको व्यापारीको भनाइ छ ।
सधैँ भीडभाड हुने न्यूरोड, इन्द्रणी टोल, क्याम्पस चोक, पिपलचोक, कालीपुल, सङ्गमचोक र बालमन्दिर चोकलगायत जिल्लाका ग्रामीण बजारमा सामान किनमेल गर्ने ग्राहकको सङ्ख्या अझै बढ्न सकेको छैन । दशैं आइसक्दासमेत खासै व्यापार बढ्न नसकेको व्यापारी बताउँछन् ।
व्यवसायीका अनुसार एक वर्षमा हुने कारोबारमध्ये दशैंमा मात्र करिब ४० प्रतिशत कारोबार हुन्छ । दशैंमा मीठो खाने, नयाँ लुगा लगाउने चलन भएकाले पनि यही समयमा व्यापार ह्वात्तै बढने गर्दथ्यो । तर यो वर्ष व्यापार सामान्य भए पनि विगतका वर्षको अनुपातमा हुन नसकेको सापकोटाले जानकारी दिए ।
चाडपर्वको बेला खाद्यवस्तु, सवारीसाधनदेखि लत्ताकपडाको व्यापार यतिबेला बढी हुनेगर्छ । दशैंमा सबैले नयाँ कपडा लगाउने भएकाले लत्ताकपडाको मात्रै करिब ७५ प्रतिशत कारोबार हुने व्यापारीले बताएका छन् । कोभिडका कारण गतवर्ष चाडबाडका बेला बजार ठप्प भए पनि यसपाली भने केही व्यापार भइरहेको छ । तर चाडबाडमा कारोबार राम्रो हुने भए पनि यो वर्ष कपडाको भाउ महँङ्गिएको छ । समयमै सामान आइनपुगेको र लागत मूल्य नै महँगो परेकाले मूल्य बढ्न गएको व्यापारी को बुझाईछ ।