पछिल्लो दुई महिनामा नेपालमा बढी मूल्यका खसी भित्रिए
काठमाडौँ, २१, असोज । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भन्दा चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालमा बढी मूल्यका खसी भित्रिएका छन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा भारतबाट नेपालमा १० करोड ८२ लाख ८८ हजार रुपैयाँको खसी भित्रिएका छन् ।
गत साउन र भदौ महिनामा उक्त मुल्य बराबरको १२ हजार ४३ वटा खसी नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालमा भारतबाट १० करोड ७८ लाख ८६ हजार रुपैयाँको १३ हजार ८२७ वटा खसी भित्रिएका थिए । आर्थिक वर्ष २०७६/७७ मा भारतबाट १२ करोड २० लाख ६७ हजार रुपैयाँका १० हजार २९२ वटा खसी नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।