image
image

नेपालको आर्थिक वृद्धिदर लक्ष्य भन्दा कम हुने विश्व बैंकको प्रक्षेपण 

काठमाडौँ २१ असोज । नेपालको आर्थिक वृद्धिदर लक्ष्य भन्दा कम हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । नेपालमा  चालू आर्थिक वर्षमा नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । तर चालु आर्थिक वर्ष २०७८र७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको र आर्थिक वर्ष २०७७/७८ मा १.८ प्रतिशत मात्र वृद्धिदर भएको थियो । नेपालको अर्थतन्त्र बिस्तारै सुधारोन्मुख अवस्थामा रहेको देखिएको विश्व बैंकको भनाइ रहेको छ । नेपालले खोप अभियान तीव्र गरिएका कारण वैदेशिक रोजगारी र पर्यटन क्षेत्रमा समेत सकारात्मक सुधार देखिने विश्व बैंकको अनुमान रहेको छ । विश्व बैंकले साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । 

यो वर्ष दक्षिण एसियाली मुलुकले आर्थिक वृद्धिदर राम्रै गर्ने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर राम्रो हुनेमा यो क्षेत्रका पर्यटनमा आधारित अर्थतन्त्र भएको भनाइ सार्वजनिक गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।