दुरसञ्चार सेवा सर्वसुलभ बनाउन माग
काठमाडौँ २१ असोज । दुरसञ्चार सेवा सर्वसुलभ बनाउन माग भएको छ । बुधवार काठमाडौँमा आयोजित अन्तरक्रियाका सहभागीहरुले दुरसञ्चार सेवालाई सबैको पहुँच हुनेगरी सस्तो र सेवालाई चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिएका हुन् ।
उक्त कार्यक्रममा टेलिफोन र इन्टरनेटमा बारम्बार समस्या परेकाले उपभोक्ता मारका परेको कुरा पनि राखिएको थियो । त्यस्तै बारम्बार सेवा अवरुद्ध हुँदापनि सम्बन्धित निकायले समस्या समाधानमा ध्यान नदिने गरेको गुनासो गरे ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले टेलिकमले आफ्ना सेवाहरुलाई क्रमशः अपग्रेड गरिरहेको बताए । हाल टेलिकमले अप्टिकल फाइबरमार्फत् सुविधा दिइरहेको उल्लेख गरे । प्रविधि बाहिरबाट ल्याउनुपर्ने तथा सामग्री खरिदका लागि आफुहरुले गर्नुपर्ने प्रक्रिया लामो हुँदा भनेकै बेलामा खरिद गर्न नसकेका कारण प्रतिस्पर्धा गर्न गाह्रो परेको उनको भनाइ छ ।
नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले युटिएल र स्मार्ट कम्पनीको प्रभावकारीता कमजोर भएको भन्दै यसको विकल्पका बारेमा प्राधिकरण र मन्त्रालयले सोचेको बताए । भरसक सो कम्पनीहरुलाई राम्रो सेवा प्रवाहका लागि घच्घचाइरहेको बताए । प्राधिकरणले मध्यपहाडी क्षेत्र भएर ७७ जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गरिरहेको उनले बताए ।