image
image

बुद्धभुमि नेपालको आईपीओ शुक्रबार बाँडफाँड हुने 

काठमाडौँ २१ असोज । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडकाे आईपीओकाे बाँडफाँड भाेलि (असाेज २२ गते, शुक्रबार) हुने भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड शुक्रबार बिहान १०:३० बजे हुने बताईएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियाे ।

अन्तिम दिनसम्म २१ लाख ११ हजार ८ सय १९ जना आवेदकहरूले २ कराेड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । बाँकी २० लाख ३७ हजार भन्दा धेरैकाे भने हात खाली हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।