अब प्रहरी, एम्बुलेन्स र दमकलको एउटै नम्बर बनाउने तयारी
काठमाडौँ ६ फागुन । अब नेपालमा प्रहरी, एम्बुलेन्स र दमकलको एउटै नम्बर बनाउने तयारी भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आपतकालीन समयमा प्रयोग हुने विभिन्न नम्बरलाई एउटै बनाउने तयारी गरेको हो ।
तीन विभिन्न नम्बरहरुः प्रहरीको १००, दमकलको १०१ र एम्बुलेन्सको १०२ लाई एकीकृत गरी एउटै बनाउने तयारी अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ । अब प्रहरी, दमकल र एम्बुलेन्सको एउटै नम्बर १०० हुने जानकारी दिएका छन् । इमर्जेन्सी नम्बरको रुपमा अब १०० डायल गरी त्यसैमार्फत आवश्यक परेको खण्डमा प्रहरी, एम्बुलेन्स र दमकल जस्ता आपतकालीन सेवाका लागि सम्पर्क गर्न सकिने सिस्टम ल्याउन लगिएको बाटएका छन् ।
धेरै ओटा नम्बर हुँदा झन्झट भएकाले प्राधिकरणले आईटीयूको स्ट्याण्डर्ड ‘ई.१६४’ अनुसार सबै आपतकालीन सेवामा प्रयोग हुने नम्बरलाई एउटै बनाउन लागेकाे हो । साथै यसका लागि आववश्यक बजेट नेपाल दूरसञ्चार प्राधिकरणले नै उपलब्ध गराउनुपर्ने भएकाले यो कार्यक्रम आगामी आर्थिक वर्षबाट मात्रै अघि बढ्ने अनुमान छ ।