image
image

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने  

काठमाडौँ, २१, असोज । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात् आईपीओ निष्कासन गर्ने भएको छ ।

मुक्तिनाथ विकास बैंकलगायत नेपालका आठ सय भन्दा धेरै व्यवसायीको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि चार करोड रुपैयाँ मूल्य बराबरको चार लाख कित्ता आईपीओ जारी गर्न लागेको जानकारी दिएको छ ।

२०७५ सालमा एक अर्ब रुपैयाँ अधिकृत पुँजी र ४० करोड रुपैयाँ जारी पुँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । आईपीओ निष्कासनका लागि मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

आउँदो चैत मसान्तभित्रै आईपीओ निष्कासन गर्ने कम्पनीको तयारी छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।