image
image

अमेरिकी डलरको भाउ ६ महिनायताकै उच्च बिन्दुमा  

काठमाडौँ, २१, असोज । बिहीबार अमेरिकी डलरको भाउ ६ महिनायताकै उच्च भएको छ । यही वर्षको बैशाख दोस्रो सातादेखि निरन्तर बढेको अमेरिकी डलरको भाउ बिहीबार उच्च बिन्दुमा पुगेको हो । 

गत वैशाख १३ गते १२० रुपैयाँ ३२ पैसासम्म पुगेको डलर त्यसयता निरन्तर ओरालो लागेको थियो । 

पछिल्ला दुई साता यता विस्तारै उकालो लागेको अमेरिकी डलरको भाउ बिहीबार भने १२० रुपैयाँ २७ पैसासम्म आइपुगेको हो ।

भारतीय मुद्रा प्रभावित भएपछि नेपालमा डलरको भाउ उकालो लागेको हो । पछिल्लो समय अमेरिकामा रोजगारी बढेको समाचार सार्वजनिक भइरहेपछि डलरमा सुधार आएको विश्लेषक बताउँछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।