३० मेगावाट क्षमताको न्यादी आयोजनाको विद्युत् उत्पादन आगामी जेठबाट
लमजुङ । निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजनाले आगामी जेठबाट विद्युत् उत्पादन गर्ने भएको छ । मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिरहेको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
आगामी जेठभित्रमा सबै निर्माण सकेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका सिनियर इञ्जिनीयर विवेक कारान्जितले जानकारी दिए। उनले हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको र बाँकी सम्पन्न गर्नुपर्ने कार्य पनि अन्तिम अन्तिम चरणमा पुगेको बताए । हालसम्म टनेल, पेनस्टक पाइप लाइनको काम, सुरुङको सबै काम सम्पन्न भइसकेको उनको भनाइ छ । बाँधस्थलको पनि ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँधस्थलमा एउटा गेट मात्र राख्न बाँकी रहेको छ ।
उनका अनुसार प्रशारणलाइनको काम पनि ५० प्रतिशत सम्पन्न भएको छ । आयोजनाबाट ९ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्नका लागि २५ ओटा टावर राख्नुपर्नेमा हालसम्म १२ ओटा राखिसकेको र १३ ओटा राख्न बाँकी रहेको छ । पावर हाउसको अधिकांश काम सम्पन्न भइसकेको र उपकरण जडान अघि बढिरहेको आयोजनाले जनाएको छ । पावर हाउसमा दुई उपकरण जडान गर्न बाँकी रहेको बताइएको छ ।
आयोजनाका अनुसार ६ अर्ब रुपियाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच ओटा बैंकले ७५ प्रतिशत अर्थात् साढे चार अर्ब रुपियाँ ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ दशमलव ८० र सुक्खायामका लागि ८ दशमलव ४० मा विद्युत् खरीद सम्झौता(पीपीए) गरेको छ ।