२० अर्बको रिपोमा ४८ अर्बको माग
काठमाडौँ, २२, असोज । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बुधबार बजारमा पठाएको २० अर्ब रुपैयाँको पिोमा बैंक तथा वित्तीय संस्थाबाट ४८ अर्ब बराबरको माग आएको छ ।
परिपक्वता अवधि १४ दिन रहेको उक्त रिपो बुधबार राष्ट्र बैंकले वितरण गरेको हो । रिपोका लागि १४ वटा बैंक तथा वित्तीय संस्थाले बोलकबोल गरेको थिए । रिपोको औसत ब्याजदर ४.९४ प्रतिशत कायम भएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए ।
एक साताअघि जारी गरिएको ३० अर्ब रुपैयाँको रिपोको अवधि सकिएपछि बुधबार २० अर्ब रुपैयाँ बजारमा पठाइएको हो । ३० अर्बको रिपोमा ६८ अर्ब रुपैयाँ बराबरको माग भएको थियो । राष्ट्र बैंकले समय–समयमा बजारमा ससानो रकम पठाउँदै आए पनि वित्तीय प्रणालीमा तरलता चापमै रहेको श्रेष्ठले बताए । उनका अनुसार मंगलबारम्म बजारमा २० अर्ब रुरुपैयाँ अधिक तरलता छ ।
निर्देशित अनिवार्य नगद मौज्दात कायम गर्नकै लागि पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट लिँदै आएको स्थायी तरलता सुविधको परिमाण बढाइरहेको छन् । यसले पनि वित्तीय प्रणालीमा तरलता अभाव रहेको पुष्टि हुने जानकारहरु बताउँछन् । बुधबार मात्र २० बैंकले ४७ अर्ब ८५ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका छन् । मंगलबार ११ वटाले २३ अर्ब ८० करोड एसएलएफमार्पmत सापटी लिएको थिए ।
आयत निरन्तर बढेसँगै उच्च कर्जा विस्तार नरोकिएको, अपेक्षाअनुसार सरकारी खर्च नभएको, रेमिट्यान्स बढ्न नसकेको लगायत कारण वित्तीय प्रणलीमा निक्षेप वृद्धिदर न्यून छ । यसको प्रत्यक्ष पैभव तरलतामा परेको देखिन्छ । यद्यपि पछिल्ला दुई साता सरकारले करिब सवा खर्ब रुपैयाँ खर्च गरेको छ । त्यसमध्ये अधिकांश बैंक तथा वित्तीय प्रणालीमा आइसकेको छ । प्रणालीमा धेरै पैसाको माग रहेकाले सरकारको खर्चले बजार माग धान्न नसकेको जानकारहरु बताउँछन् ।