दशैँमा पनि डिपोहरु खुल्ला हुने, मासिक दुई अर्ब घाटा व्यहोर्दै
काठमाडौँ, २२, आसोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा डिपोहरु खुल्ला राख्ने भएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरु खुला राख्न निर्देशन दिइएको निगमका प्रवक्त विनितमणि उपाध्यायले जानकारी दिए ।
दशैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातयातको चाप बढ्ने भएकाले पम्पहरु खुला राख्न निगमले निर्देशन गरेको छ । प्रवक्ता उपाध्यायले भने , दशैँमा कुनै पनि स्थानमा पेट्रोलियम पदार्थको अभाव हुँदैन, आपूर्ति निरन्तर चल्छ, माग बढ्ने भएकाले हामी सोहिअनुसार तयारी अवस्थामा छौँ । निगमका अनुसार सामान्य अवस्थाको तुलनामा दशैँ, तिहारमा करिब २५ प्रतिशतले पेट्रोलियम पदार्थको माग बढ्छ ।
आपूर्ति सहज भएकाले समस्या नहुने निगमको दाबी छ । हाल निगमले कुल क्षमताको ७५ प्रतिशत पेट्रोलियम पदार्थको भण्डारण गरेको छ । ६८ हजार किलोलिटर भण्डारण क्षमता छ । जुन नेपालमा सात दिनका लागि पुग्छ ।
मासिक दुई अर्ब घाटा व्यहोर्दै निगम
निगमको माकि घाटा दुई अर्ब १० करोड रुपैयाँ पुगको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै निगमको घाटा पनि वुद्धि भएको छ । हरेक १५ दिनमा एक अर्ब पाँच करोड रुपैयाँ घाटा भइरहेको निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर करिब छ, डिजलमा तीन र एलपी ग्यामा प्रतिसिलिन्डर चार सय १५ रुपैयाँ घाता रहेको उपाध्यायले बताए । १५ दिनमा एलपी ग्यामा ७३ करोड रुपैयाँ घाटा रहेको उनको भनाई रहेको छ ।