image
image

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौँ, २२, असोज । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शुक्रवार आईपीओ बाँडफाँड भएको हो ।  धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा ७४ हजार ४०० जनले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीको आईपीओमा आवेदन गरेका १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ ।कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार आईपीओमा २० लाख ३० हजार ५५५ वटा आवेदन परेको थियो ।

उल्लेखित संख्याको आवेदनबाट सर्वसाधारणबाट माग भएको कित्ताको ३२.८० गुणा बढी अर्थात २ करोड ४४ लाख ३७० कित्ता शेयर खरिदको माग परेको थियो । जसमध्ये १६ हजार ३३ वटा संख्याबाट परेको १ लाख ९८ हजार ४४० कित्ताको आवेदन रद्द भएको छ भने २० लाख १४ हजार ९२२ वटा संख्याबाट परेको २ करोड ४२ लाख १ हजार ९३० कित्ताको माग सदर भएको सिभिल क्यापिटलले जनाएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।