image
image

डाँडाको वरपीपलको तेस्रो गीत सार्वजनिक

काठमाडौँ, २२, असोज । नेपाली कथानक चलचित्र ‘डाँडाको वरपीपल’ बडादसैंको फूलपाती अर्थात् यही असोज २६ गतेबाट सार्वजनिक हुने भएको छ । चलचित्र युनिटले चलचित्रको प्रचार पनि राम्रै गरिरहेको छ । प्रचारकै क्रममा चलचित्रको तेस्रो गीत सार्वजनिक गरिएको हो ।

चलचित्रमा समावेश ‘तिमी साथमा हुँदा’बोलको गीत सार्वजनिक गरिएको हो । गीत सुगम पोखरेल र जीना रसाइलीले गाएका हुन् । नवराज गिरीले लेखेको गीतमा एलिस कार्कीले संगीत तथा संगीत संयोजन भरेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा चलचित्रका शीर्ष कलाकार सलोन बस्नेत र रुबिना थापा फिचर्ड छन् । चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

नवराज गिरीको लगानी रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म तिहारमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।