image
image

दशैंलाई लक्षित गरी काठमाडौंमा भित्रिए खसीबोका, भोलीबाट बिक्रि वितरण हुने

काठमाडौँ, २२, असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि भन्दै ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको छ । विहीबार दाङ र हेटौंडाबाट हिँडाइएको खसीबोका तीन वटा ट्रकमा काठमाडौं भित्रिएका छन् । कम्पनीका नायव प्रबन्ध निर्देशक श्रीमणिराज खनालका अनुसार, शनिबारबाट खसीबोका बिक्रि गर्ने योजना छ ।

दाङबाट २२९ र हेटौंडाबाट ३०२ वटा खसीबोका काठमाडौं आइपुगेको उनले बताए । थप आउने क्रममा रहेको उनले बताए । कम्पनीले आज बैठक बसेर जिउँदो खसीबोकाको मूल्य तय गरेर शनिबारदेखि बिक्री थालिने उनले बताए । बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सहुलियतमा कम्पनीले खसीबोका बिक्री गर्ने छ । बजारमा जिउँदो खसी बोकाको मूल्य ५५० देखि ७५० रुपैयाँसम्म छ ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष भने खसीबोका मात्रै बिक्री गर्ने कम्पनीले जनाएको छ । महँगो भएकाले यस वर्ष च्यांग्रा बिक्री नगर्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।