image
image

कृषि तथा पशुपन्छी बीमालेख परिमार्जन हुने  

काठमाडौँ, २३, असोज । बीमा समितिले कृषि तथा पशुपन्छी बीमालेख परिमार्जन गर्ने भएको छ । हाल प्रचलनमा रहेका कृषि तथा पशुपन्छी बीमालेखहरूलाई समय सापेक्षरूपमा परिमार्जन गर्ने कार्यलाई समितिले अगाडि बढाएको हो ।

यस्तै समितिमा माग भई आए बमोजिमका बीमालेखहरू बनाउने कार्य पनि शुरू गरेको समितिले जनाएको छ । ड्रागन फ्रुट,किबी र नर्सरी लगायतको बीमालेख समितिले बनाउने भएको हो ।

त्यस मध्ये पनि ड्रागन फ्रुटको बीमालेख बनाउने कार्य शुरू भइसकेको समितिले जनाएको छ ।

समितिले बीमालेख परिमार्जन गरी संशोधनका लागि समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा कृषितथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग र पशु सेवा विभागका प्रतिनिधिहरूका साथै सम्बन्धित क्षेत्रका एकजना विज्ञ रहेका एक उपसमिति गठन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।