image
image

७३ अर्ब बराबरको लगानी स्वीकृति -: लगानी बोर्ड बैठक 

काठमाडौँ, २३, असोज । ठूला परियोजनाको संयोजन र व्यवस्थापन गर्दै आएको लगानी बोर्डले रु ७३ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले दुईवटा जलविद्युत् परियोजनको निर्माण तथा विकासका लागि लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न अनुमति प्रदान गर्यो ।

लगानी स्वीकृति हुनेमा करिब रु १० अर्ब ५० करोड लागत रहने ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजना रहेको छ । सो आयोजना दोलखा जिल्लामा रहेको छ । माथिल्लो तामाकोसीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटमा रहने सो आयोजना निजी क्षेत्रले प्रवद्र्धन गर्न लागेको छ ।

त्यस्तै सङ्खुवासभा जिल्लामा हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनामा थप रु ६२ अर्ब २६ करोड बराबरको पूँजी वृद्धिको प्रस्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको बोर्डका प्रवक्ता सुरेन्द्र पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।