साताको सेयर बजार – ४८ अंक बढ्यो, कारोबार रकम घट्यो
काठमाडौँ, २३, असोज । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७ अंकले बढेर बन्द भएको छ । गत साताको विहीबार नेप्से परिसूचक २६ सय ३३ अंकमा बन्द भएको थियो । यो साता ४८ अंकले बढेर २६ सय ८१ अंक पुगेको हो ।
चार कारोबार दिनमध्ये दुई दिन गिरावट र दुई दिन वृद्धि आएसँगै साताभरमा नेप्से सूचक २ प्रतिशतले माथि चढेको छ । यसक्रममा सेन्सेटिभ इन्डेक्समा १.५५ प्रतिशतको वृद्धि आएको छ । यद्यपी, परिसूचक बढेपनि यो साता कारोबार रकम भने घटेको छ ।
गत साता नेप्सेमा २६ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको थियो । यो साता भने कारोबार रकम घटेर १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ । यस्तै, यो साता नेप्सेको पूँजीकरण ६६ अर्बले बढ्दै ३७ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।