image
image

नेप्सेमा सुधार, बढ्न थाल्यो कारोबार  

काठमाडौँ, २४, असोज । गत साता नेप्से परिसूचक ४७ दशमलव ६८ अंकले बढेर बजार बन्द भएको छ । कारोबार रकम भने ४१ दशमलव ६२ प्रतिशतले घटेर १५ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ । लामो समयदेखि घटेको बजार दुई हजार पाँच सयको तह आइपुग्दा केही सम्हालिएको हो । त्यसबाहेक निजी क्षेत्रमा आबद्ध व्यवसायीहरूले समेत राष्ट्र बैंकले प्रतिग्राहक चारदेखि १२ करोडको सीमा हटाउनुपर्ने आवाज उठाउन थालेपछि पनि लगानीकर्ता केही आशावादी बनेका हुन् । 

यसबीच केही लघुवित्त कम्पनीहरूले उच्चदरमा लाभांश घोषणा गर्न थालेका छन् । यसले पनि बजारमा यस्ता कम्पनीप्रति आकर्षण बढेको छ । धेरथोर लाभांश घोषणा भएका कम्पनीहरूमा समेत सरकारी खर्चमा वृद्धिसँगै बैंकहरूमा देखिएको तरलता अब समाधान हुन थाल्ने अपेक्षामा समेत लगानीकर्ता रहेका छन् ।

बैंकहरूले निक्षेपको ब्याजदर बढाए पनि तत्कालै सुधार हुन सक्ने अनुमानमा सीमान्तदरमा ब्याज बढाएको एसएमएस ग्राहकहरूलाई पठाएकाले पनि ब्याजदरमा तत्काल धेरै वृद्धि नहुने अनुमानमा बजारमा लगानी बढेको हो । दसैँअगाडि बजारमा किनेको सेयरको भुक्तानी दसैँ बिदाका कारण त्यसपछि मात्रै दिन सकिने भएकाले पनि कारोबार रकममा सुधार देखिन सुरु गरेको छ । 

सातामा मैलुङखोला जलविद्युत्को मूूल्य सबैभन्दा धेरै बढ्यो भने सानिमा माई हाइड्रोको सबैभन्दा धेरैले घटेको छ ।  प्रवृत्ति सर्ट टर्म बुलिस ः प्राविधिक विश्लेषणका अल्पकालीन औजारहरूले बजारको प्रवृत्ति बुलिस बनेको देखाउँछ भने केही लामो अवधिका औजारहरूले अहिले पनि बजार बियरिस नै रहेको संकेत गर्छ । 

साताको दोस्रो दिन घट्दो बजारमा डोजी आकृति बनेर बजार घट्न रोकिन सक्ने संकेत गरेको थियो । यो संकेत दरिलो नभए पनि मंगलबार बजार बढेपछि थप केही दिन बजार बढ्ने संकेत गरेको थियो । बजारको अल्पकालीन प्रवृत्ति हेर्न प्रयोग हुने मैनबत्ती चित्रअनुसार बुधबार पनि बजार बढेको छ । यस साता बजार बढ्न सक्ने सम्भावना दरिलो भएको छ । 

तुलनात्मक रूपमा केही लामो अवधिका लागि विश्लेषणमा प्रयोग गरिने मुभिङ एभरेज रेखाले भने बजार बियरिस प्रवृत्तिमै रहेको संकेत गरिरहेको छ । नेप्सेको ७ दिने मुभिङ रेखालाई केही समयअघिदेखि २१ दिने मुभिङ रेखाले काटेर माथि लागेको छ । यसलाई डेथ क्रसओभर भनिन्छ । यद्यपि, छोटो–छोटो अवधिमा यसको प्रवृत्तिमा समेत परिवर्तन देखिएकाले यसमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । ७ दिने रेखा माथि हुँदा बजार बुलिस रहेको मानिन्छ भने यदि २१ दिने रेखा माथि रहेमा बजार बियरिस प्रवृत्तिमा रहेको विश्लेषण गरिन्छ । 

१४ दिने आरएसआई सूचकले बजारमा अधिक बिक्रीको अवस्थामा सुधार देखिएर केही माथि लागेको संकेत गर्छ । गत साता यो सूचक करिब २९ स्केलमा पुगेपछि बेढर ३६ दशमलव ५३ सम्म आएको छ । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे माग र आपूर्ति सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । साताको अन्तिम दिन नै गत साताका लागि उच्च बिन्दु दुई हजार ६ सय ८१ बनेको नेप्सेको पिभट विश्लेषणअनुसार आगामी एक सातामा दुई हजार सात सय २७ मा पहिलो लक्ष्य पाउनेछ । यस लक्ष्यमा प्रतिरोध पाएमा नेप्सेले दुई हजार पाँच सय ८८ मा पहिलो टेवा परीक्षण गर्नेछ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।