image
image

सोमबारदेखि एक्सेल डेभलपमेन्टको २४ करोडको हकप्रद बिक्री गर्ने

काठमाडौँ, २४, असोज । एक्सेल डेभलपमेन्ट बैंकले सोमबारदेखि चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । 

बैंकले निष्काशन गर्ने उक्त हकप्रदमा भदौ ३१ गते बिहीबारसम्म नेप्सेमा शेयर खरीद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि बैंकले असोज १ गते एक दिन बुकक्लोज गरेको थियो ।


बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २४ करोड ३३ लाख ३६ हजार ३६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकको हकप्रदमा कार्तिक १४ गतेसम्म आवेदन दिन सकिन्छ । हकप्रदमा मेरो शेयर सफ्टवेयरको मोबाइएल एप, वेवसाइट तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।