image
image

सरकारी कम्पनीद्धारा एकैदिन १ करोड २६ लाख मूल्यको खसीबोका बिक्री

काठमाडौँ, २४, असोज । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सहुलियत मूल्यमा पहिलो दिनमै सवा १ करोड रुपैयाँभन्दा बढीको खसीबोका बिक्री गरेको छ । शनिबार एकैदिन १ करोड २६ लाख रुपैयाँ बराबरको खसी बोका बिक्री गरेको भएको हो ।

कम्पनीले शनिबार मात्र उक्त रकम बराबरको ६२९ वटा खसीबोका बिक्री गरेको कम्पनीले जनाएको छ । त्यसैगरी आज अर्थात आइतबार बिहान १० बजेसम्म २४ लाख रुपैयाँ बराबरको १५० वटा खसीबोका बिक्री भएका छन् ।

दशैंका लागि २ हजार खसीबोका बिक्री गर्ने लक्ष्य राखेर कम्पनीले काठमाडौंस्थित थापाथलीस्थित आफ्नै कार्यालयबाट शनिबारदेखि सुपथ मूल्यमा खसीबोकाको बिक्री थालको छ । कम्पनीले पहिलो चरणमा शुक्रबारसम्म ७३० र शनिबार थप ३२९ ओटा खसीबोका भित्र्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।