image
image

बेजोस र मस्क रहेको १ खर्ब डलर क्लबमा प्रवेश गरे भारतीय धनाढ्य मुकेश अम्बानी

काठमाडौँ, २४, असोज । एसियाका धनाढ्य मुकेश अम्बानी विश्वको १ खर्ब डलर (सय बिलियन) क्लबमा प्रवेश गरेका छन्। विश्वकै धनाढ्यहरुको बाहुल्य रहेको यो क्लबमा अमेजनका जेफ बेजोस र टेस्लाका मस्क छन्। यहाँ पुग्न कम्तीमा १ खर्ब डलर सम्पत्ति हुनुपर्छ। रिलायन्स इन्डस्ट्रिज लिमिटेडका प्रमुख रहेका अम्बानी सेयर मूल्य बढेसँगै शुक्रबार यस क्लबमा प्रवेश गरी कीर्तिमान बनाउन सफल रहेको ब्लुमबर्गले जनाएको छ। 

यो क्लबमा ११ चर्चित धनाढ्य रहेका छन्। ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार यो वर्ष अम्बानीको सम्पत्ति २३।८ अर्ब डलरले बढेसँगै कुल सम्पत्ति १०० अर्ब ६० करोड डलर पुगेको छ। अम्बानीले सन् २००५ मा बुबाको मृत्युपछि तेल प्रशोधन र पेट्रोकेमिकल्स व्यवसाय आफूले पाएका थिए। अहिले ६४ वर्षीय यी अर्बपति ऊर्जा कम्पनीलाई खुद्रा, प्रविधि र इकमर्समा रुपान्तरण गर्न चाहिरहेका छन्। 

सन् २०१६ मा सुरु गरेको उनको टेलिकम्युनिकेसन्स युनिटले अहिले भारतीय बजारमा प्रभुत्व जमाइरहेको छ। गत वर्ष उनको खुद्रा र प्रविधि भेन्चरले लगानीकर्तालाई सेयर बेचेर बजारबाट २७ अर्ब डलर उठाएको थियो। फेसबुक इन्क, गुगलदेखि केकेआर एन्ड को र सिल्भर लेकलगायतले कम्पनीको सेयर खरिद गरेका थिए। 

गत जुनमा अम्बानीले महत्त्वाकांक्षी हरित ऊर्जामा जाने योजना घोषणा गरेका थिए। त्यसमा तीन वर्षभित्र १० अर्ब डलर लगानी गर्ने उनको योजना छ। गत महिनामा उनले सस्तो ग्रिन हाइड्रोजनको उत्पादनलाई तीव्रता दिने बताएका थिए। यो योजना प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ ऊर्जाका लागि भारतलाई ग्लोबल म्यानुफ्याक्चरिङ हब बनाउने महत्वाकांक्षी योजनासँगै आएको हो। 

भारत सरकारले पनि अहिले जलवायु परिवर्तनसँग लड्न र विश्वकै तेस्रो ठूलो ऊर्जा आयातलाई कम गर्न चाहिरहेको छ।अम्बानीको घोषणाको पछाडि कम्पनीको भविष्य पनि जोडिएको छ। त्यसका लागि तेलबाहेकका व्यवसायमा जोड दिनुपर्ने छ। तर अझै पनि परम्परागत इन्धनले नै रिलायन्समा मुख्य भूमिका खेलिरहेको छ। 

यसको वार्षिक संकलन हुने कुल आम्दानी ७३ अर्ब डलरमा करिब ६० प्रतिशत हिस्सा छ। अहिले तेलदेखि केमिकल्ससम्मको व्यवसाय छुट्टै युनिट बनेको छ। यसमा साउदी अरेबियन आयल कम्पनीलाई लगानीकर्ताका रुपमा भित्र्याउने गरी छलफल चलिरहेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।