image
image

खाद्यले दुई दिनमा एक हजार खसीबोका बेच्यो 

काठमाडौँ, २५, असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई दिनमा एक हजार खसीबोका बिक्री गरेको छ । केहीदिनअघि खरिद गरी ल्याइएका १४ सय ४९ खसीबोकामध्ये एक हजारभन्दा धेरै खसीबोका बिक्री भइसकेको खाद्यले जनाएको छ ।

दसैँका लागि दाङ र हेटौंडाबाट ल्याइएका खसी बोका खाद्यले बिक्री गरिरहेको छ । अझै साढे पाँचसय खसीबोका ल्याउने क्रममा रहेको खाद्यले जनाएको छ ।

खाद्यले शनिबारमात्रै ६ सय १८ खसीबोका बिक्री गरेको थियो । आइतबार झण्डै चारसय खसीबोका बिक्री गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका बरिस्ठ सहायक ललितकुमार यादवले बाह्रखरीलाई बताए ।

यादवकाअनुसार खाद्यले जिउँदो खसीबोकालाई ६५० रुपैयाँ प्रतिकिलोमा १० रुपैयाँ छुट दिँदै ६ सय ४० रुपैयाँमा बिक्री भइरहेको छ । खाद्यले दसैँको सप्तमीसम्म ग्राहकको मागअनुसार खसीबोका बेच्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।