रैराङ हाइड्रोपावरले १२.६ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौँ, २५, असोज । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो (असोज २४ गते, आईतबार) बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको अठारौं वार्षिक साधारण सभा कार्तिक १७ गते, बुधबार, कम्पनीको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा जुमको माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ ।
विश्वभर फैलिएको कोभिड–१९ महामारीको जोखिमका कारण नेपाल सरकारद्वारा तोकिएको स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी साधारण सभामा भिडियो कन्फरेन्स मार्फत सहभागी हुन शेयरधनीहरुलाई उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गर्नेछ ।
यसका साथै , सभामा आर्थिक वर्ष २०७७र७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदनसहितको आषाढ ३१, २०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ।व। २०७८र७९ का लागि बाह्य लेखा परीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछन् ।
सभाले विगतका साधारण सभाहरुबाट समेत निर्णय गरे अनुरुप यस रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडलाई रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडमा गाभीनेसमाहीत हुने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले सामान्य तथा विशेष प्रस्तावहरु स्वीकृती एवम् अभिलेखको लागि पेश गर्दा नियमनकारी निकाय वा कार्यालयबाट कुनैपनि विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।
कम्पनीले अठारौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक ४ गते बिहीबार एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई दाखिल खारेजका लागि प्राप्त शेयरहरुबाट कायम रहेका शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन्।