साधना लघुवित्तको ९३औं शाखा नागार्जुन–१ रानीवनमा
काठमाडौँ, २५, असोज । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो ९३औं शाखा काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन प्लानिङमा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शनिवार नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले उद्घाटन गरे । नयाँ शाखा सञ्चालनमा आएसँगै यस संस्थाले काठमाडौं उपत्यकाबाट पनि आफ्नो वित्तीय सेवा प्रदान गर्ने भएको छ ।
संस्थाले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत गरी जम्मा २६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारितका लाग आउँदो कात्तिक १३ गते पाँचौं वार्षिक साधारणसभा समेत डाकेको छ । राष्ट्रिय स्तरको यस लघुवित्तले यसै वर्ष १४ ओटा शाखा सञ्चालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल पु¥याउँदै चुस्त वित्तीय व्यवस्थापन समूह एवं दक्ष कर्मचारीमार्फत वित्तीय सेवा प्रदान गरिरहेको संस्थाले बताएको छ ।