नेप्सेमा २३ अंकको गिरावट
काठमाडौँ २५ असोज ।यो साताको शेयर कारोबारको अन्तिम तथा साताको दोस्रो दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २३. ९ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचकघटेर दुई हजार ६३९ दशमलव ३८ अंकमा पुगेको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अंकले घटेर ४९४ दशमलव २२ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहका सेयर उकालो लागेका छन् । अन्य सबैको मुल्यमा गिरावट आएको छ।