image
image
ओमानको विजयी सुरुआत

ओमानको विजयी सुरुआत

आयोजक ओमानले आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

काठमाडौं असोज ३१ । पहिलो चरण अन्तर्गत आइतबार भएको पहिलो खेलमा पपुवा न्यु गिनी पीएनजी लाई १० विकेटले पराजित गर्दै ओमानले सुखद सुरुआत गरेको हो ।

अल अमारत स्टेडियममा पीएनजीले दिएको १ सय ३० रनको लक्ष्य ओमानले १३ ओभर ४ बलमा विना विकेटको क्षतीमा पूरा गर्यो ।

ओमानको सानदार जितमा ओपनरद्वय जतिन्दर सिंह र अकिब इल्यासले अर्धशतकीय इनिङ्स खेले ।

जतिन्दरले अविजित रहदै ७३ रन बनाए  । अकिब ५० रनमा अविजित रहे ।

पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् ।

पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।