image
image

वाणिज्य बैंकको कर्जा निक्षेप भन्दा ५ गुणाले बढ्यो

काठमाडौँ, १, कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलन भन्दा ऋण प्रवाह झन्डै ५ गुणाले बढेको छ । 

वाणिज्य बैंकहरुको कुल निक्षेप वृद्धि असोज २२ गतेसम्म जम्मा ५४ अर्ब ३४ करोड रुपैयाँ मात्र रहेको छ भने ऋणको वृद्धि भने २ सय ६२ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।


नेपाल बैंकर एसोसिएसनले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष शुरु हुँदा सम्पूर्ण वाणिज्य बैंकहरुमा स्वदेशी निक्षेप ४ हजार ८० अर्ब र विदेशी निक्षेप १ सय २२ अर्ब गरेर कुल ४ हजार २ सय १ अर्ब रुपैयाँ निक्षेप रहेको छ । 

चालु आर्थिक वर्षको असोज २२ सम्म आउँदा वाणिज्य बैंकहरुमा स्वदेशी निक्षेप ४ हजार १ सय ४ अर्ब र विदेशी निक्षेप १ सय ५१ अर्ब २९ करोड गरेर कुल ४ हजार २ सय ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । 

यो भनेको कुल निक्षेपमा करिब ३ महिनाको अवधिमा ५४ अर्ब रुपैयाँ मात्र बैंक निक्षेपमा वृद्धि भएको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।