image
image

उखुको समर्थन मूल्य तोक्ने तयारी, गत आवको भन्दा केही बढ्ने

काठमाडौँ, १, कात्तिक । सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोक्ने प्रक्रिया अघि बढाएको छ । यस वर्षको उखुको समर्थन मूल्य तोक्नका लागि सरकारी कर्मचारीहरु उखु उत्पादन हुने तराईका ८ ओटा जिल्लाको फिल्ड भिजिट गरिसकेका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तरगत कृषि विभागको टोलीले मूल्य तोक्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो । अबको दुई हप्ताभित्र उखुको समर्थन मूल्य निर्धारण हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार, कृषि विभागबाट उखुको मूल्य निर्धारणसम्वन्धि विवरण आउनासाथ सार्वजनिक गरिनेछ । पछिल्लो पटक बढेको मूल्य,ढुवानी, उत्पादन लागत, किसानको ऋणमा ब्याजलगायतका खर्चका आधारमा उखुको न्युनतम समर्थन मूल्य तोक्ने गर्छ ।

गत आर्थिक वर्षमा सरकारले उखुको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ५४४ रुपैयाँ तोकेको थियोे । जसमा उखु बिक्रीबापत किसानले सरकारबाट प्रतिक्वीन्टल ६५ रुपैयाँ अनुदान पाएका थिए । बाँकी रकम उखु खरिद गर्ने चिनि मिलले किसानलाई भुक्तानी गर्नुपर्छ ।

यस वर्ष भने अघिल्लो आवको तुलनामा उखुको समर्थन मूल्य केही बढ्ने मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।