image
image

रुरु जलविद्युतको आईपीओ निष्कासन शुरु 

काठमाडौं ७ फागुन- रुरु जलविद्युत् लिमिटेडको शेयर निष्कासन आजदेखि सुरु हुने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रमा स्थानीयवासीका लागि शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्कासन सुरु गर्न लागिएको हो ।


यसअन्तर्गत आयोजना प्रभावित गुल्मीका स्थानीयवासीलाई सो शेयर जारी हुनेछ । आजदेखि सुरु हुने सो निष्कासन छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गते बन्द हुने जनाइएको छ ।

प्रभावित क्षेत्रका वासिन्दापछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालार्ई सो आईपीओ जारी हुनेछ । रुरुले ८ करोड रुपैयाँ बराबरका ८ लाख ७ हजार कित्ता शेयर जारी गर्न माघ २१ गते धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको थियो । यो कुल चुक्ता पुँजीको २० प्रतिशत बराबर हो ।

त्यसमध्ये १० प्रतिशले हुन आउने ४ लाख ३ हजार कित्ता स्थानीयबासी र थप १० प्रतिशतले हुन आउने ४ लाख ३ हजार कित्ता शेयर सर्वसाधारणका लागि वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।