image
image

नेप्सेमा भारी अंकको गिरावट

काठमाडौँ १ कात्तिक । दसैँ बिदा पछिको दोस्रो कारोबारमा सोमबार अत्यासलाग्दो गिरावट आएको छ। सोमबार ६९.५१ अंकको गिरावट सहित नेप्से परिसूचक २५८७.४५ बिन्दुमा अडेको छ। 

आज कारोबार भएका १८६ कम्पनी मध्ये १८२ वटामा गिरावट आएको छ भने मात्र ४ वटामा सकारात्मक वृद्धि  भएको छ। आजको कारोबारमा सबै उपसूचकहरू नकारात्मक देखिएका छन्। आजको नेप्सेमा २ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ बाराबारको कारोबार भएको छ।  

दसैँ बिदा पछिको बजार खुला भएको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक दोहोरो अङ्कले बढेको थियो । दसैँ अघिको अन्तिम कारोबार दिन २६३९.३८ विन्दुमा बन्द भएको नेप्से, हिजो १७.५९ अङ्क बढेर २६५६.९६ विन्दुमा बन्द भएको थियो।

आइतबार २१८ कम्पनीको २१ हजार ३२८ पटकको कारोबारमा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको ४७ लाख ६० हजार २९५ कित्ता शेयर खरिदबिक्री भएको थियो। लगानीकर्ताहरू ‘फेस्टिभ मुड’ मा भएका कारण कारोबार रकम घटेको अनुमान गरिएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।