image
image

पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा सस्तो

काठमाडौँ १ कात्तिक ।भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो रहेको छ । भारतीय बजार रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोलमा प्रतिलितर ४८ रुपैयाँ ८२ पैसा, डिजलमा ५२ रुपैयाँ ७३ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ०.०६ अमेरिकी डलर र एलपी ग्यासमा प्रतिसिलिण्डर १७५ रुपैयाँ ६५ पैसा सस्तोे छ ।

भारतीय सीमा क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ रुपैयाँ ३२ पैसा, डिजेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ २३ पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ६०५ रुपैयाँ ६५ पैसा छ । सीमावर्ती क्षेत्र वीरगञ्जमा पेट्रोलको खुद्रामूल्य प्रतिलिटर १२८ रुपैयाँ ५० पैसा, डिजेलको मूल्य १११ रुपैयाँ ५० पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ४३० छ ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा सीमावर्ती क्षेत्रबाट अवैधरुपमा भारततर्फ इन्धनकोे चोरी निकासी हुने सम्भावना बढेर गएको छ । सीमावर्ती क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको चोरी तस्करी रोक्न निगमले बिक्रेतालाई कडा निर्देशन जारी गरेको छ । निगम र स्थानीय प्रशासनको सक्रियताका कारण पछिल्ला समय पेट्रोलियम पदार्थको चोरी तस्करी नियन्त्रणमा आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।