image
image

माछापुच्छ्रे कृति क्यापिटलको संस्थापक शेयर विक्रीमा

काठमाडौँ, २, कात्तिक। माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले ११ हजार ६६९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले मंगलवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी ओलम्पिया क्यापिटल इन्भेष्टमेण्टको नाममा रहेको ११ हजार ६६९ कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बागदरवार, काठमाडौंमा आफूले खरीद गर्ने शेयर संख्या र मूल्य खुलाई निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बीमा समितिको निर्देशन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।